Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

पानी जहाजमा आगलागी, ३ सय यात्रु उद्दारको पर्खाईमा

ग्रिसको कोर्फु ४ीप नजिकै आगलागीमा परेको पानी जहाजमा झण्डै ३ सय यात्रु उद्दारको पर्खाइमा रहेका छन् । नोरम्यान एटलान्टिक नामक इटालियन जहाजमा आइतबार आगलागी भएको थियो । प्रतिघण्टा सय किलोमिटरभन्दा बढीको दरमा हावा चलिरहेकाले उद्दारमा समस्या भएको बिबिसीले जनाएको छ । जहाजका झण्डै २ सय यात्रुलाई विमानबाट उद्धार गरिएपनि अझै ३ सयजना उद्धारको पर्खाइमा रहेका छन् । जहाजमा ४ सय ७८ जना सवार थिए । इटाली र ग्रिसका अग्निनियन्त्रकले आगलागी नियन्त्रण र उद्दारको काम गरिरहेका छन् । जहाजको कार पार्किङ क्षेत्रबाट आगलागी सुरु भएको थियो ।

small sponser

Blogroll